सुजल फुड्सको नयाँ उत्पादन चोकोफन जोय बजारमा

सुजल फुड्सको नयाँ उत्पादन चोकोफन जोय बजारमा
सुन्नुहोस्

काठमाडौं : कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले चोकोफन जोय बजारमा ल्याएको छ। चोकोफन जोय नेपालकै प्रथम स्क्वायर मोल्डेड चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ। यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी चकलेट को मज्जा लिन सकिन्छ।

वर्गाकार आकारमा, कोकाको अनुपम स्वाद र मिठासले भरीपूर्ण चोकोफन जोय स्वादिष्ट छ। आकर्षक वर्गाकार आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको दाबी छ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोय को डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोय को फन्टले चोकोफन जोय को प्याकेजिङलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखाएको छ। प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित ढङ्गमा देखाइएको कम्पनीले जनाएको छ।

चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध छ। दुवैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखैएको छ र जार भित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ। चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन अत्यन्तै आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ। यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ। चोकोफन जोय मात्र १० रुपैयाँको अधिकतम खुद्रा मूल्य मा ८ ग्रामको माउथफुल साइजमा बजारमा सर्वत्र उपलब्ध छ।

चोकोफन जोय को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रविधिको प्रयोग गरी औटोमटिक मसिनरीबाट अति स्वस्थकर वातावरणमा उत्पादन गरिन्छ। अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस चोकोफन जोय को गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ।

सुजल फूड्सले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ। कम्पनी को लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डीम्यान र फ्रेसडेन्ट आदि पर्दछ जसले लाखौ उपभोक्ताहरूको वर्षौंदेखि मन जित्न सफल रहेको छ।

त्यसैगरी चोकोफन जोय को अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरूको जीवनको अभिन्न अंगभै धेरै रमाइलो र खुसि प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी विश्वस्त छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.