नागरिक उन्मुक्तिको विवाद उत्कर्षमा : सांसद घनश्याम चौधरीलाई पनि कारबाही

नागरिक उन्मुक्तिको विवाद उत्कर्षमा : सांसद घनश्याम चौधरीलाई पनि कारबाही
सभामुखलाई अध्यक्ष श्रेष्ठले पठाएको पत्र।
सुन्नुहोस्

टीकापुर : प्रदेश सरकार गठनको एकदिन अगाडि नागरिक उन्मुक्ति पार्टीले आफ्ना एक प्रदेश सभा सदस्यमाथि कारबाही गरेको छ।  

सत्ता समिकरण बदलिएसँगै विवादमा चुलिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरी कारबाही गरेको हो। 

यसअघि पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई समेत निलम्बन गरिएको थियो। चौधरी र गिरी कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। 

उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै प्रदेश सभा सदस्य चौधरीलाई तीन महिनाका लागि निलम्बन गरिएको जनाएकी छन्। निलम्बन गरिएको पत्रमा अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक पटक बोलाइएकोमा बैठकमा उपस्थित नभएको र पार्टी अध्यक्ष चौधरीलाई लेखिएको स्पष्टीकरण चित्त बुझ्दो नभएकाले तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ। 

‘पार्टीको अन्तरिम विधान २०७८ धारा १७(क) को २,४ र ५ बमोजिम कार्य गरेकोले पार्टीको केन्द्रिय कमिटीको मिति २०८०।१२।३० गतेको निर्णय बमोजिम निजलाई ३ महिनाको लागि निलम्बन गरिएका व्यहोरा जानकारी गराउँदछु’ अध्यक्ष श्रेष्ठद्धारा पठाइएको पत्रमा भनिएको छ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा चैत्र २२ गते कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि बैशाख १ गतेसम्मको समय दिएका छन्। सरकार गठनको म्याद सकिन एक दिन मात्रै बाँकी रहेका बेला ७ सदस्य रहेको उन्मुक्तिका दुई सदस्य निलम्बनमा परेका छन्।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.