नागरिक उन्मुक्तिकी प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त

नागरिक उन्मुक्तिकी प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त
सुन्नुहोस्

धनगढी : नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन्। सभामुख भीम भण्डारीको निर्देशनमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको जानकारी दिएको छ। 

'राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम नागरिक उन्मुक्ति पार्टीको च.नं. ५०४ मिति २०८०/१२/२१ गतेको पत्रबाट प्रदेश सभा सदस्य माननीय ईन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेस भएकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न हुन` भनी माननीय सभामुखज्यूबाट निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचना भनिएको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको निर्देशन नमानेको भन्दै फिर्ता बोलाएकी थिइन्। उनले सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएकी थिइन्। नागरिक उन्मुक्तिभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिताबीच तीव्र विवाद चलिरहेको छ। रेशमकै निर्देशनमा गिरी मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा राज्य मन्त्री बनेकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.