सिन्धुलीमा रहेको एनसेल टावरमा बम विष्फोट

सिन्धुलीमा रहेको एनसेल टावरमा बम विष्फोट
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-४ खट्टारमा रहेको एनसेलको टावरमा शक्तिशाली कुकर बम विष्फोट गराइएको छ। 

बिहीबार बिहान करिब पौने ३ बजेको समयमा टावरमा बम बिष्फोट गराइएको हो। विष्फोटबाट टावरको बाकसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए। 

रातको समयमा टावर परिसरको उत्तरतर्फको तारको जाली काटेर भित्र प्रवेश गरेर बम विष्फोट गराइएको पाइएको खड्काले बताए। ठुलो विष्फोटक वस्तु पड्किएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

विष्फोट लगतै प्रहरी घटनास्थलमा पुगेको बताइएको छ। उक्त टावर परिसर भित्र र बाहिर जनमुक्ति सेना लेखिएको १५ थान पर्चा पम्प्लेट समेत फेला पारिएको छ। घटनामा संलग्न अपरिचित व्यक्तिको खोजतलास भइरहेको खड्काले जानकारी दिए। 

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ। यसैबीच गएको २ गते पनि सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट गराइएको थियो।

विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको थियो। उक्त घटनामा समेत जनमुक्ति सेना लेखिएको पर्चा तथा पम्प्लेट फेला पारिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.