अशोक राई नेतृत्वको जसपाले लियो दल दर्ताको प्रमाणपत्र

अशोक राई नेतृत्वको जसपाले लियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले दल दर्ताको प्रमाणपत्र लिएको छ। निर्वाचन आयोगले सोमबार साँझ अध्यक्ष राईलाई दल दर्ताको प्रमाण पत्र हस्तान्तरण गरेको हो।

निर्वाचन आयोगका आयुक्तहरूको सोबार बसेको बैठकले जसपालाई दलको मान्यता दिएको हो। जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको हो।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए। राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.