५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

महोत्तरी : ५० किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार सितामढी जिल्ला पनौरा ग्राम पञ्चायतका ४५ वर्षीय सैयद अन्सारी रहेको छ। 

अन्सारीले चलाई रहेको एम एच ४३ ए वी ५६६ नम्बरको कारभित्र गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा ५० केजी गाँजा बरामद भएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले कारसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो। 

औरही नगरपालिका-९ टिमकियास्थित बर्दिवास–जलेश्वर सडक खण्डमा सो भारतीय नम्बर प्लेटको कारलाई चेक जाँच गर्दा कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडि फ्लस बटन बनाई ८ वटा पोकामा ५ केजीका दरले पोका बनाई सो सामग्री बरामद भएको महोत्तरीका प्रहरी प्रबक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिएका छन्। 

प्रहरीले सो सेतो रंगको कारलाई रोक्नासाथ कारका चालक अन्सारी कारको ढोका खोली कारको साँचो बाहिर खेतमा फाली भागेका थिए। पछि प्रहरीले लखेटी सय मिटर पर खेतबारीबाट नियन्त्रणमा लिई उनको शरीर र उक्त कारलाई कानुन सहमत तरिकाले चेकजाँच गरेको प्रहरी प्रवक्ता डीएसपी जयसवालले जानकारी दिएका छन्। 

पक्राउ परेका अन्सारीलाई लागुऔषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित महोत्तरी जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.