जिल्लामा रहेका सहकारीको अवस्था सार्वजनिक गर्न कांग्रेस माग

जिल्लामा रहेका सहकारीको अवस्था सार्वजनिक गर्न कांग्रेस माग
सुन्नुहोस्

तानसेन : देशव्यापी रुपमा सहकारी ठगीका घटनाहरू बढिरहेको समयमा नेपाली कांग्रेस पाल्पाले जिल्लाका सहकारीको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेको छ। 

जिल्ला कार्यसमितिले विभिन्न ८ वटा विषयवस्तुमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ। सभापति हिमालदत्त श्रेष्ठसहित कार्यसमिति सहितको टोलीले प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाउँदै पाल्पाको सहकारीहरूबाट सर्वसाधारणहरूको रकम अपचलन भएको हुन सक्ने भएकाले तत्काल सहकारीको अवस्था सार्वजनिक गर्न माग गरेको हो। 

पाल्पाका सहकारीले के कस्ता क्षेत्रमा लगानी गर्दै आएका छन्। जिल्ला बाहिर लगानीको अवस्था के छ? जनताको बचत जोखिममा छ की छैन। सहकारीको नीति नियम अनुसार सहकारी सञ्चालन भएका छन् की छैनन् ? लगायतका विषयमा अनुगमन गरी जनता माझ सार्वजनिक गर्न पार्टीले माग गरेको छ। 

जिल्ला भित्र भइरहेको आगलागीका घटनाहरू तत्काल नियन्त्रणको अभियान सञ्चालन गर्नुपर्ने, आगलागी घटनामा संलग्नहरूलाई खोजबिन गरी कारबाही गर्नुपर्ने, लामो खडेरीका कारण कृषकहरूमा परेको समस्याको बारेमा सहजीकरण गर्नुपर्ने, कालीगण्डकी करिडोरमा अवैध रुपमा पशु चौपायाहरूको आयत निर्यात भएकोले रोक्नु पर्ने विषयमा ध्यानाकर्षण गराएको सभापति श्रेष्ठले बताए। 

स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनका लागी जिल्ला अस्पताल पाल्पालाई व्यवस्थित तथा सेवा सुविधा सम्पन्न बनाउनुपर्ने, विभिन्न राजमार्गहरूमा भएका ठूला ठूला सडक खाल्टाखुल्टी पुरी सहज रुपमा यातायात सञ्चालनका लागी  जिम्मेवार कार्यालय लाई झक्झकाउनुपर्ने, जिल्ला भित्रका खानीहरूको अनुगमन गरी बिनाअनुमति सञ्चालन भए कारवाहीको दायरामा ल्याउनुपर्ने, जिल्लाभित्र भएका सार्वजनिक जग्गाको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.