मापदण्डविपरीत सञ्चालित औषधि पसललाई कारबाही

मापदण्डविपरीत सञ्चालित औषधि पसललाई कारबाही

नुवाकोट : विभिन्न स्थानमा गरिएका अनुगमनका क्रममा नुवाकोटका अधिकांश औषधि पसल मापदण्डविपरीत रहेको पाइएपछि कारबाही गरिएको छ। नियमविपरीत सञ्चालन भएको ६ वटा औषधि पसललाई नगद जरिवाना गरिएको छ। 

छड्के अनुगमनका क्रममा औषधि पसलहरू मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएपछि नगद जरिवाना गरिएको छ। नुवाकोटको विदुर नगरपालिकाभित्र सञ्चालित औषधि पसलहरूमा जिल्ला बजार अनुगमन समितिले औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा अधिकांश औषधि पसलहरूले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएपछि नगद जरिवानाका साथै तीन दिनभित्र औषधि व्यवस्था विभागमा सक्कल कागजातसहित उपस्थित हुन टोलीले निर्देशन दिएको छ। 

विदुर नपा १, २, ४, ५ र ९ मा सञ्चालित २३ वटा औषधि तथा फार्मेसी पसलहरूको स्थलगत अनुगमन गरिएको हो। अधिकांश मापदण्डको पालना नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

मापदण्ड विपरीत रहेको पाइएपछि विदुर नपा १ त्रिशूली बजारमा रहेको रोशन मेडिकल हल, विदुर ९ बाघटारमा रहेको अनुप मेडिकल हल, पिपुल्स च्वाइस फार्मेसी, विदुर २ विदुर वजारमा रहेको स्टार अस्पताल फार्मेसी, बट्टार बजारमा रहेको निको फार्मेसी र विदुर ५ देवीघाटमा रहेको जालपा मेडिकल हललाई जनही १०/१० हजार रुपैयाँ नगद जरिवाना गरिएको अनुगमनमा सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले बताए। उनका अनुसार जरिवाना तिरेपछि पहिले ताला लगाइएको पसल खुला गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.