बालिका बलात्कार गर्ने कारागार चलान

बालिका बलात्कार गर्ने कारागार चलान

नुवाकोट : अपांगता भएकी बालिका बलात्कार कसुरमा एक युवक कारागार चलान भएका छन्। नुवाकोट जिल्ला अदालतले अपांगता भएकी बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै कसुरदारलाई १९ वर्ष भन्दा बढी सजायको फैसला गरेको हो। अपांगता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लिखु गाउँपालिका –५ का ४३ वर्षीय झंकबहादुर कामीलाई अदालतले १९ वर्ष एक महिना कैद सजायको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले १९ वर्ष एक महिना कैद सजायका साथै सात लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। यसका साथै ४० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा २८ हजार रुपैयाँ दाखिला गराउने फैसला भएको अदालतले जनाएको छ।

कसुरदारले गत २०७९ साल फागुन ९ गते र त्यसपछि पनि पटक पटक बलात्कार गरेको किटानसहित जिल्ला प्रहरी कार्यालयमा गत २०८० साल जेठ ११ गते उजुरी दर्ता भएको थियो। पीडित बालिकाको जेठ ११ गते नै त्रिशूली अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो। कसुरदारलाई जिल्ला अदालतले गत असार १ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.