क्युआरमार्फत सेवाग्राहीको गुनासो संकलन

क्युआरमार्फत सेवाग्राहीको गुनासो संकलन
सुन्नुहोस्

नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ‘क्युआर प्रविधि’बाट गुनासो संकलन गर्न थालिएको छ। 

यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया संकलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर प्रविधि’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए। 

दैनिक ५० जनाभन्दा बढीले क्युआरमार्फत गुनासो तथा उजुरी गर्दै आएका छन्। जिल्ला प्रशासनमा नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्रलगायत विविध कार्यका लागि दैनिक दुई सय जना पुग्ने गरेका छन्। 

सेवाग्राहीको प्रतिक्रिया संकलनका लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै त्यसलाई परिमार्जन गर्दै कार्यालयले अनलाइन माध्यमबाट सेवाग्राहीको प्रतिक्रिया संकलन कार्य सञ्चालन गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.