समय अगावै सडक निर्माण सम्पन्न, ग्रामीण भेगका यात्रुलाई सुविधा

समय अगावै सडक निर्माण सम्पन्न, ग्रामीण भेगका यात्रुलाई सुविधा
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको उत्तरी भेगमा रहेको दोर्खुखोलामा सडक र पक्की पुल निर्माण सम्पन्न भएको छ। तादी गाँउपालिका-३ स्थित ‘खरानीटार-दोर्खुखोला सडक योजना’को कामसमेत सम्पन्न भएको छ। 

सडकको काम समयसिमाभन्दा एक महिना अगावै सम्पन्न भएको गापाले जनाएको छ। दोर्खुखोलामा ४१ मिटर लामो पक्कि पुलसमेत बनाइएको हो। तादी गाउँपालिकासँग भएको सम्झौताअनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने थियो। तर, सो सडकको काम फागुन तेस्रो सातानै सम्पन्न भएको तादी गापाले जनाएको छ।

तादी गाँउपालिका-३ खारनीटारबाट दोर्खुखोला हुँदै तादी-१ उर्लेनीसम्म जाने उक्त सडकमार्गअन्तर्गत चालु आर्थिक वर्ष २०८०-०८१ मा ६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। सडक स्तरोन्नतिपछि दुर्गम उर्लेनी र लच्याङका बासिन्दालाई आवतजावतमा सुविधा पुगेको गापा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठको भनाइ छ। 

उनका अनुसार सडक निर्माणपछि उर्लेनी र लच्याङका बासिन्दालाई गाउँपालिकाको केन्द्र खरानीटार हुदै सदरमुकाम विदुर र राजधानी काठमाडौं आउजाउ गर्न सहज भएको छ। उक्त सडकको स्तरोन्नतिको काम तोकिएको समयभन्दा अगाडि परीक्षण गर्दा गुणस्तर अनुसारनै भएको पाइएको अनुगमनका क्रममा देखिएको उपाध्यक्ष प्याकुरेल श्रेष्ठको भनाइ छ। 

तादी गापाबाट नियमित अनुगमन, निर्माण व्यवसायीको सक्रियताको साथ काममा सरलता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको निर्माण पक्षले जनाएको छ। सडक स्तरोन्नतिका लागि गाउँपालिकाले कूल एक करोड १२ लाख लागतको बोलपत्र आह्वान गरेको थियो। 

उक्त योजना ७५ लाख ९१ हजार रुपैयाँमा सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलको भनाइ छ। तादी गापा ३ खरानीटार-प्रभुडाडा-टुटुङ-दोर्खुखोला-उर्लेनी जोड्ने सडकको निर्माण कार्य १ करोड १२ लाख रुपैयाँ बराबरको निर्माण कार्य रोहना कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको ३ महिनामै  काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले बताए। 

उनले यसबाट सर्वसाधारणको सुविधाका लागि समयमै काम सम्पन्न भएको बताए।  बागमती प्रदेश सरकार र तादी गाउँपालिकाको सयुक्त लगानीमा विनियोजित बजेटबाट उक्त सडकको निर्माण कार्य पूरा भएको हो।

खरानीटार-दोर्खुखोलासम्मको सडकको स्तरोन्नति भएसगैँ उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए। यसबाट ग्रामीण भेगमा बसोबास गरिरहेका अधिकांश तामाङ समुदायलाई प्रत्यक्ष लाभ पुगेको छ। 

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.