मधेस, पहाड र हिमालका जनतालाई अलग-अलग कित्तामा विभाजन गरे : राजेन्द्र महतो

मधेस, पहाड र हिमालका जनतालाई अलग-अलग कित्तामा विभाजन गरे : राजेन्द्र महतो
सुन्नुहोस्

कपिलवस्तु : राष्ट्रिय मुक्ति क्रान्तिको अभियान बोकेर देश दौडाहा सुरु गरेका राजेन्द्र महतो शनिबार कपिलवस्तुको सदरमुकाम तौलिहवा पुगेका छन्। आफ्ना पुराना जिल्ला नेता तथा कार्यकर्ता तथा अन्य सर्वसाधारणसँग भेटघाट गर्दै नेता महतोले अब मधेस, पहाड र हिमालका सबै वर्ग, जातजाति तथा समुदायलाई समेट्दै बहुल राष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्तिमा सहभागी हुन आग्रह गरे।

विगतमा मधेस-पहाड र हिमालका विभिन्न जातजाति तथा भाषाभाषीहरूलाई अलग-अलग कित्तामा विभाजन गरेको भन्दै उनले वर्तमान शक्तिविरुद्ध बहुल राष्ट्रिय राज्यका लागि संघर्ष गर्नुपर्ने बेला आएको बताए। 

उनले उक्त अभियानले सबै नेपालीलाई जोड्ने र राष्ट्रियता पनि मतबुत पार्ने दाबी गरे। सबै नेपालीले नागरिक अधिकार, पहिचान र सम्मान पाउनुपर्ने बताउँदै नेता महतोले भने, 'अहिलेको शासन र संविधान केही निहित वर्गको पक्षमा मात्र छ।'

नेता महतोको साथमा केन्द्रीय नेताहरू ओम प्रकाश यादव (गुल्जारी), गोविन्द चौधरी, रविदत्त मिश्रालगायतको उपस्थिति थियो।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.