लुम्बिनीका होटल व्यवसायी आन्दोलित

लुम्बिनीका होटल व्यवसायी आन्दोलित
सुन्नुहोस्

लुम्बिनी : लुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरू लुम्बिनी क्षेत्रका होटलहरूमा नबसी लुम्बिनीमा रहेका विभिन्न विहारहरूमा बास बस्दै आएको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरू आन्दोलित बनेका छन्। 

लुम्बिनी क्षेत्रमा रहेका विहारहरूले सुरु सुरुका वर्षहरूमा उपासाक तथा बाहिरबाट आएका केही भिक्षुहरूलाई मात्रै विहारमा राख्ने गरेका थिए। तर पछिल्ला वर्षहरूमा लुम्बिनी घुम्न आएका अन्य पर्यटकहरूलाई पनि विहारले बास दिन थालेपछि यहाँका होटल व्यवसायीहरू आन्दोलित बनेका हुन्।   

लुम्बिनीका होटल तथा पर्यटन व्यवसायीहरूले लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै विहार र गुम्बाहरूमा व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्थालाई अविलम्ब स्थायी रुपमा रोक लगाउन माग गरेका छन्।

यहाँका विहारहरू दिन प्रतिदिन होटलका रुपमा सञ्चालन हुँदा करोडौं रुपैयाँ लगानी गरी निर्माण भएका लुम्बिनी क्षेत्रका होटलहरू बन्द हुने स्थितिमा रहेको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.