करोडौंको जग्गा व्यक्तिको नाममा मालपोतका कर्मचारीविरुद्ध मुद्दा

करोडौंको जग्गा व्यक्तिको नाममा मालपोतका कर्मचारीविरुद्ध मुद्दा
सुन्नुहोस्

काठमाडौं : करोडौं मूल्यको सार्वजनिक जंगलको जग्गा व्यक्तिको नाममा कायम गरिएको खुलासा भएको छ। कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं. ९०८ को फिल्डबुकको जंगल भनी कायम भएको १५ बिघा जग्गा व्यक्ति विशेषको नाममा कायम गरिएको पाइएको छ। मालपोत कार्यालय टीकापुरले २०६८ सालमा त्यो सार्वजनिक प्रकृतिको जग्गाको कित्ताकाट गरेर व्यक्तिको नाममा बनाइएको थियो। 

२०२१ सालमा जंगल जनिइसकेको कित्ता नं. १३९ बाट कित्ताकाट भई जंगल नै कायम रहेको कित्ता नं. ३५१ को २७  बिघा १४ कठ्ठा १७ धुर सरकारी सार्वजनिक जग्गामध्ये १५ बिघा बिन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, बिमलबहादुर रावलको संयुक्त नाममा स्रेस्ता पुर्जा कायम गरी हक हस्तान्तरण गरेको पाइएको छ। पछि त्यो जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजातहरू कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ। 

अख्तियारले करोडौं मूल्यबराबरको जंगलको जग्गा व्यक्तिको नाममा कायम गरेको भन्दै कैलाली मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही सराइली र नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

मालपोत कार्यालय, टीकापुरका तत्कालीन नायव सुब्बा अग्निबहादुर शाही, सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र बिमलबहादुर रावललाई  अख्तियारले प्रतिवादी बनाएको छ। 

उनीहरूले २०८०÷२०८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित २४ करोड ६ लाख ६९ हजार सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पु¥याएको  आरोपपत्रमा उल्लेख छ। चलन चल्तीको मूल्य त अझै धेरै हुन्छ। भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा बिगोबमोजिमको जरिवाना गरीको माग दाबी पनि गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरी घिमिरेले जानकारी दिए। 

नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत चन्द र सर्भेक्षक मण्डलले यो जग्गा व्यक्तिको नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरी सो जग्गा हकभोगको हो भन्ने बेहोराको प्रतिवेदन पेस गरेको पाइएको छ।  सोही प्रतिवेदनको आधारमा कित्ताकाट आदेश दिई साविक जंगल जनिएको  जग्गा कित्ताकाट हुँदै जंगलकै नाममा कायम रहेको भन्ने विषयको अभिलेख कहीँकतै उल्लेख नगरेको देखिएको छ।  

यो जग्गा कित्ताकाटको पत्र दस्तखत गरी मालपोत कार्यालयमा पत्रचार गरेको आरोप पत्रमा उल्लेख छ।  सोही नापी कार्यालय टीकापुरबाट प्राप्त कित्ताकाट पत्र, नक्सा, प्लट रजिष्टर उतारलाई आधार बनाइ यो  जग्गा गैरकानुनी तवरबाट बिन्द्रा रावल, कमलबहादुर रावल सुशीलबहादुर रावल बिमलबहादुर रावलको संयुक्त नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाई दिएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.