बर्खामा अवरुद्ध भएका सडक अझै खुलेनन्

बर्खामा अवरुद्ध भएका सडक अझै खुलेनन्
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बाजुरा  : गत असार महिनादेखि अवरुद्ध बुढिगंगा नगरपालिकाका ग्रामीण सडक अझै खुल्न सकेका छैन । वर्षात्को समयमा  अवरुद्ध सडक  वर्षात सकिएको ४ महिना बढी भइसक्दा पनि सुचारु हुन सकेका छैनन।

नगरपालिकाले सडक खुलाउन चासो नदिएपछि स्थानीयलाई आवतजावतमा समस्य भएको हो।

साफे मार्तडी सडकखण्डबाट ग्रामणी क्षेत्रमा जोडिएका अधिकांश सडक नखुल्दा सामान ढुवानीदेखि बिरामीलाई समस्य भएको छ । डाव खप्तड, त्रिशक्ति भण्डारगाउँहुदै बदेडा जोड्ने सडक गैरीकाँध किमगाउँ देउलसैन स्वाथ्य चौकीहुँदै त्रिशक्ति वडा कार्यालय जोड्ने सठक भमक बजार सिमल कोटहुँदै सारदा मावि जोड्ने सडक लगायतका थुप्रै ग्रामीण सडक नखुल्दा त्यस क्षेत्रका स्थानीय समस्यमा परेका छन्। 

नगरपालिकासँग सडक खुलाउन बराम्बर अनुरोध गर्दा कहिले जेसीवी बिग्रिएको त  कहिले ड्राइभर विदामा गएको छ भन्ने बहाना बनाउने गरेको  बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष मीनबहादुर सिंहले बताएका छन् । 

उनले भने ,'आइतबार पनि सडक खुलाउन कार्यालय प्रमुखसँग कुरा गरेको छु, पर्सीसम्म काम सुरु हुन्छ भन्नु भएको छ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.