भारतीय लोकसभाबाट थप ४९ सांसद निलम्बित

२ दिनमा १२७ सांसद निलम्बनमा

भारतीय लोकसभाबाट थप ४९ सांसद निलम्बित
सुन्नुहोस्

नयाँ दिल्ली : भारतमा मंगलबार थप ४९ सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ । जसमा फारुक अब्दुल्ला, शशि थरुर, मनिष तिवारी सामेल छन्।

सोमबार ७८ सांसद निलम्बित भएका थिए। पछिल्ला दुई दिनमा संसदका दुवै सदनबाट १२७ सांसद निलम्बनमा परेका छन् ।

विपक्षीहरुले मोदी सरकारलाई तानाशाहीको आरोप लगाएका छन् ।

हिजो राज्यसभा र लोकसभामा हंगामा भएपछि यति ठूलो संख्यामा सांसद निलम्बित भएका थिए । केही महत्वपूर्ण विधेयक सदनमा पेश हुन लागेको बेला यो निलम्बन भएको हो।

भारतीय संसदमा भएको सुरक्षा कमजोरी प्रकरणमा लगातार संसद अवरोध हुँदै आएको छ। केही दिनअघि संसदभित्रै 'कलर स्मोग' प्रदर्शन गरिएको थियो। संसदभित्रै विरोध प्रदर्शन गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

डिसेम्बर १३ मा चार व्यक्तिले संसद परिसर भित्र र बाहिर प्रदर्शन गरेका थिए। संसदभित्रै रंगीन धुवाँ 'कलर स्मोग'छोडेका थिए।

संसदको सुरक्षामा भएको ठूलो लापरवाहीबारे विपक्षीले गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सदनमा जवाफ मागिरहेका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.