भारतमा कलेजमा भएको महोत्सवमा भागदौड मच्चिँदा ४ जनाको मृत्यु, २० घाइते

भारतमा कलेजमा भएको महोत्सवमा भागदौड मच्चिँदा ४ जनाको मृत्यु, २० घाइते
सुन्नुहोस्

नयाँदिल्ली : भारतको केरलास्थित कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (क्युस्याट) मा आयोजित प्रबिधि महोत्सवका क्रममा भागदौड मच्चिँदा चार विद्यार्थीको मृत्यु भएको छ । उक्त घटनामा २० जना घाइते भएका छन् । 

क्याम्पसको खुल्ला कार्यक्रमस्थलमा आयोजित एक म्युजिक कन्सर्ट र प्रविधि प्रदर्शनीका क्रममा उक्त घटना भएको हो । 

स्वास्थ्यमन्त्री वीणा जर्जले भागदौडमा परी चार विद्यार्थीको मृत्यु भएको र २० जना घाइते भएको पुष्टि गरेका छन् । स्वास्थ्यमन्त्री जर्जले घाइते विद्यार्थीका लागि कलामासेरी मेडिकल कलेजमा  उपचारको व्यवस्था मिलाइएको जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.