‘कारागार जस्ता’ सुधारगृह

‘कारागार जस्ता’ सुधारगृह
सुन्नुहोस्

हेटौंडा : साँघुरो घरभित्र न खेल्ने ठाउँ छ, न त अध्ययन गर्ने वातावरण नै। घरभित्र मात्र गुम्सिँदा बालकहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्ने अवस्था छैन।

हेटौंडा–११ थानाभर्‍याङमा रहेको बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन्। संघीय सरकार अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत रहेको बाल सुधारगृहको अनुगमन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी सुधारगृहको सुधारको लागि प्रदेश सरकारले काम गर्ने बताइन्। मोक्तानले सुधारगृह भित्रै मन्त्रालयले घर र विद्यालयको वातावरण निर्माण गर्ने आश्वासन दिइन्। 

आवश्यकता अनुसार व्यवस्थापन नहुँदा यो सुधारगृह जेलजस्तै बनेको छ। साँघुरो भवनको भौतिक संरचनामा ३० देखि ३५ जना रहन सक्ने क्षमताको छ। तर, हाल यहाँँ ६४ बालक आश्रित रहेको सुधारगृहका प्रमुख प्रदीप गौतमले बताए। पछिल्लो समय भक्तपुरको बाल सुधारगृहमा भएको तनावपछि सरुवा गरी थप १८ जना बालक ल्याइएको छ। सुधारगृहमा सानो कोठामा १३ जना र ठूलो कोठामा २५ जनासम्म बालक सुताउने गरेको सुधार गृहका प्रमुख गौतमले जानकारी दिए। ६४ जना बालकमध्ये करिब ४५ जना जर्वजस्ती करणी मुद्दाका आरोपितहरू रहेको गौतमले बताए। २४ जना पुर्पक्षका लागि थुनामा छन्। बाँकीको हकमा अदालतबाट फैसला भएर सुधार गृहमा बस्दै आएको उनले जानकारी दिए। यहाँँ रहेकामध्ये तराईका जिल्लाका आधाभन्दा बढी बालकहरू छन्। मकवानपुरको मात्र १५ जना रहेको सुधारगृहले जनाएको छ। 

अनुगमन तथा अन्तरक्रियाको क्रममा सुधारगृहमा रहेका बालकहरूले अध्ययन तथा सीप विकास तालिमको माग गरेका छन्। सुधारगृहमा रहेकामध्ये १७ जनाले मात्रै कक्षा आठ उत्तीर्ण गरेका छन्। मन्त्री मोक्तानले अध्ययनका लागि मन्त्रालयले छिट्टै व्यवस्थापन मिलाउने र सीप विकास तालिमको लागि अवसर प्रदान गरिने बताइन्। प्रदेश बालअधिकार समिति सदस्य प्रकाश खतिवडाले आधारभूत आवश्यकताको सम्बोधनमा मन्त्रालय र समिति गम्भीर रहेको बताए। उनले सुधार गृहमा तत्काल शिक्षा र सीपविकास तालिमको आवश्यक रहेको बताए। अनुगमनको क्रममा मोबाइल र मोटरसाइकल मर्मत गर्ने तालिम सिक्न २५ जना इच्छुक देखिएका छन्। 

सुधारगृहमा उपयुक्त पुस्तकालयको समेत व्यवस्था छैन। विभिन्न संस्था, व्यक्तिको सहयोगमा एउटा सामान्य पुस्तकालय त छ तर पर्याप्त पुस्तक छैनन्। ‘यहाँँ सुत्न, खानपान, स्वास्थ्योपचार र शौचमासमेत समस्या छ’, एक बालकले गुनासो गरे। ६४ जना बालककाले लागि जम्मा दुईवटा मात्रैै शौचालय छन्। सुधारगृहमा रहेका बालक शिक्षाको पहुँचबाट समेत वञ्चित छन्। परीक्षा दिन पाउने अवस्था छैन। 

१८ वर्षमुनि उमेर समूहका बालकले अपराध गरेमा उनीहरूलार्ई बाल सुधारगृहमा राख्ने गरिन्छ। यहाँँ १८ वर्ष उमेरभन्दा माथिका चारजना रहेका छन्। १८ वर्ष उमेर पूरा भएका र कैद नसकिएकालार्ई छुट्टै स्थानमा राख्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा समस्या भएको सुधारगृह प्रमुख गौतमले बताए। बालसुधार गृहको व्यवस्थापनका लागि पाँच निजामती कर्मचारी र नौ सुरक्षाकर्मी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.