सामाजिक सञ्जालमा आउने गरेका टिप्पणीले नेपालमा वित्तीय साक्षरताको कमी रहेको देखाउँछ। आधारभूत अवधारणामा हामी अन्तर्राष्ट्रिय अभ्यास पालना गर्ने कि नगर्ने भन्नेमा हामी निक्र्योल गर्नुपर्छ। नियामक निकायमा बस्नेको सीमा र दायरा छ।
देशको विद्यमान ऐन, नियममा रहेर काम गर्नुपर्ने हुन्छ। पुँजी बजारको आफ्नै इकोसिस्टम छ। आधारभूत तथ्यको बुझाइमा एकरूपता हुनुपर्छ। बुक बिल्डिङ र प्रिमियम फरक छ। बुक बिल्डिङ स्थापित अन्तर्राष्ट्रिय मान्यता हो। आजभन्दा ६ महिनाअघि संयुक्त छलफल डाकेर बुक बिल्डिङको समस्या पहिचान गर्न भनेको थिएँ।
दुई महिना समय दिएका थिएँ। तर, बल्ल हामी निक्र्योल गर्दैछौं। दुई कम्पनीको आईपीओ बुक बिल्डिङमार्फत आउन चार महिना ढिलो भएको छ। बुक बिल्डिङ विश्वव्यापी अभ्यास हो तर बुक बिल्डङले सबै बिरामी निको पार्छ भन्ने हुँदैन। कागजमा बलियो लेखिदिएपछि कम्पनी बलियो हुन्छ भन्ने बुझाइ गलत छ।
प्रिमियम भन्ने प्रणाली विश्वमा छैन, ‘फ्रि प्राइसिङ’ भन्ने अभ्यास छ। प्रिमियम आफैंमा गलत हो। तर, हामीसँग प्रिमियममा आईपीओ जारी गर्न पाउने निर्देशिका हामीसँग छ, मैले सोहीअनुसार फेस भ्यालुभन्दा बढी मूल्यमा आईपीओ जारी गर्न पाउने अनुमति दिएको हुँ।
तैपनि नेपाल धितोपत्र बोर्डको सञ्चालकको नेतृत्वमा एउटा समितिले प्रस्तावित मूल्य प्रमाणीकरण गरेपछि मात्र अनुमति दिने गरेका छौं। हरेक केसलाई सो समितिमा पठाएका छौं। अहिले बुक बिल्डिङमा एउटा समस्या छ। केवाईबीमा रहेको क्रस होल्डिङ चुनौती बनेको छ। कम्पनीहरूमा क्रस होल्डिङ देखिँदैनन् तर हुन्छन्।
प्रतिक्रिया दिनुहोस !