माओवादी केन्द्रका पदाधिकारीको कार्यविभाजन गर्दै प्रचण्ड

माओवादी केन्द्रका पदाधिकारीको कार्यविभाजन गर्दै प्रचण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारीको कार्यविभाजनको विषयमा छलफल भइरहेको सचिव डिलाराम आचार्यले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। 

उनले भने,‘नयाँ शिराबाट पार्टी संगठन निर्माणका लागि पदाधिकारीहरुको कार्यविभाजन गर्ने र केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लास्तरमा जिम्मेवारी तोकेर पठाउने विषयमा छलफल जारी छ।’

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पदाधिकारीमाथि बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि जवाफ दिन पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारी बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि छलफल भइरहेको आचार्यले बताए। 

आजको बैठक दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.