अदालतको मसी सुक्न नपाउँदै सरकार टिकाउनका लागि राष्ट्रपति जीले आममाफी दिनु गम्भीर विषय हो : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तीन वटा अदालतले गरेको निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिनु गलत भएको बताएका छन्।
भक्तपुर नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले जिल्ला, उच्च र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपति जीले त्यो मसी सुक्नै नपाउँदै माफी दिनु गम्भीर विषय भएको बताएका हुन् । सरकार टिकाउनका लागि यस्ता कुरा गर्दा लोकतन्त्र कमजोर हुने धारणा राखे।
कोइरालाले दण्डहीनता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। ‘हामी कहाँ कता कता दण्डहिनताको पनि बढ्दै गएको चिन्ता मलाई लागिरहेको छ ।’ उनले भने,‘अहिले भर्खरै हेर्नुस् तीनटै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्व अदालतले गरेको निर्णयलाई राष्ट्रपति जीले त्यो मसी सुक्नै नपाउँदै राष्ट्रपति जीले माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यि कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरु गर्दा खेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी हुन्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफि दिएर जेलमुक्त गरेपछि उनले आपत्ति जनाएका हुन्।
उनले स्वतन्त्रता पाएपनि आर्थिक, सामाजिक, साँस्कृतिकलाई समानतामा ल्याउन नसक्दा अफ्ठ्यारो पर्ने बताए। कोइरालाले निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्ने धारणा राखे। उनले सरकारले निर्वाचन कार्यालयलाई सिडीयो कार्यालयको एउटामा राख्दा लोकतन्त्र सुढृढ नहुने भएकाले ले सच्याउनुपर्ने स्पष्ट पारे।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
