जिन्दगीमा सुन लगाएको छैन, हाकाहाकी झुट बोल्ने काम भयो : ओली

जिन्दगीमा सुन लगाएको छैन, हाकाहाकी झुट बोल्ने काम भयो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सुन प्रकरणमा मुछिएकोप्रति आपत्ती जनाएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई सुन नपर्ने तर बिनाकारण झुटको खेति गर्दै भ्रम छर्ने काम भइरहेको भन्दै आपत्ती जनाए।

‘असत्य कुरा हो भन्ने जान्दा जान्दै हाकाहाकी झुट बोल्ने काम भइरहेको छ । केपी ओलीको फोटोमा सुनै सुनका फोटो हालेको छ  । जबकी मैले जिन्दगीमा औंठी समेत लगाको छैन । एकपटक आमाले औंठी लगाऔं भनेको बेला दुई चार दिन मात्रै औंठी लगाए । जसले औंठीपनि लगाउँदैन । मेरो रुची औंठीमा छैन । म सानो छँदा कान छेडेर मुद्रा लगाइदिएको थिए । त्यसपछि त्यो खोलियो ,'उनले भने,' तर,अहिले मलाई बोक्न नसक्ने गरि सुन लगाइदिएको छ । सत्यको उजागर गर्नुपर्ने हो । तर, झुट, भ्रम फैलाइँदैछ । ’

ओलीले देश विचित्रको स्थितिमा पुगेको बताए । उनले भने,‘हाम्रो देशजस्तो छाडापन कहिँ देखिदैन । युटुव हेर्न एकान्तकुनामा जानुपर्ने अवस्था छ । हामी एउटा सभ्य समाजमा छौं कि विकृतितिर भाँसिदै गएको समाजमा छौं ?’

ओली प्रधानमन्त्री हुँदा मुलुकमा भ्रष्टाचार मौलाएको सत्तापक्षका सांसदले आरोप लगाएका छन्। केही दिनअघि संसद बैठकमा नेकपा माओवादी केन्द्रका एकजना सांसदले एमाले नेतृत्व सरकारका पालामा पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल लगाएको र यसबारे छानबिन हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। पछि सभामुख देवराज घिमिरेले सो विषयमाथि छानबिन भइरहेकाले अहिले छलफल आवश्यक नभएको बताएका थिए।

पछि ती सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.