निर्वाचन पूर्वाधार विकास कार्यक्रम अदालतबाट रोकिनु राम्रो होइन : सभामुख घिमिरे

निर्वाचन पूर्वाधार विकास कार्यक्रम अदालतबाट रोकिनु राम्रो होइन : सभामुख घिमिरे
सुन्नुहोस्

तानसेन : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघ तथा प्रदेशका व्यवस्थापिका संसदलाई दिगो र स्थायीरूपमा सञ्चालन गर्नसके मात्र संघीयताको पूर्ण कार्यान्वयन गर्न सकिने बताएका छन्। 

राजनीतिक दलको समीकरण परिवर्तनले सरकार सञ्चालनमा प्रभाव पर्ने, सरकारको कारण संसद प्रभावितँ हुदै आएको अवस्थामा व्यवस्थापिकालाई बलियो बनाउन उनले जोड दिए। प्रदेशहरू स्वायत्तः भनिए पनि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुनेवित्तिकै प्रदेशहरूमा हलचल पैदा हुने अवस्थाको अन्त्य गरेर जान सकेमात्र संघीयतालाई पूर्णरूपमा लागू गर्न सकिने उनको भनाइ छ। 

देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाहरूको आ-आफ्नै नीति/नियम कानुनअनुसार सञ्चालन  भएपनि पछिल्लो समयमा कार्यपालिका र न्यायपालिकाले संसदको अधिकारमाथि हस्तक्षेप गर्दै आएकोमा सभामुख घिमिरेले असन्तुष्टि पोखे। विषयवस्तुको महत्त्व तथा प्रभावकारिता आफ्नो ठाउँमा छ। तर, जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको सर्वोच्च संस्था व्यवस्थापिका संसदबाट पारित भएको निर्वाचन पूर्वाधार विकास कार्यक्रम अदालतबाट रोकिनु राम्रो विषयबस्तु नभएको सभामुख घिमिरेले बताए। 

कार्यक्रममा सभामुख घिमिरेले जुनसुकै दलको प्रभाव संसदमा नपरोस, ससंद अवरुद्ध नहोस राजनितिक दलहरुको सहभागिता र सहमतीमा निश्चित कानुन बनाएर संघ तथा प्रदेशसभाका सदनहरू नियमितरूपमा चलाउनुपर्नेमा सबैले पहल गर्नुपर्नेमा जोड दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.