इलाम २ : शान्तिपूर्ण मतदान र मतपेटिका संकलन गर्न यस्तो सुरक्षा तयारी

इलाम २ : शान्तिपूर्ण मतदान र मतपेटिका संकलन गर्न यस्तो सुरक्षा तयारी
इलामको मिक्लाचोङ माविमा रहेको मतदान केन्द्र। तस्बिर : तोयानाथ भट्टराई

इलाम : इलाम २ को उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। भोलि हुने निर्वाचनका लागि इलामको मतदान केन्द्रहरू मतदाताको प्रतीक्षामा छन्। 

सदियौंदेखि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत समस्या झेलिरहेका मतदाताहरूसमेत भोलिको सूर्योदयसँगै मतदानस्थलमा पुग्ने तयारीमा छन्। निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षासँगै सबै प्रबन्ध पूरा गरिसकेका छन्। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मी आवश्यक सबै स्थानमा पुगिसकेका बताए। 

मतदान स्थलको संवेदनशीलतालाई वर्गीकरण गरेर कम्तीमा ८ जनादेखि अधिकतम १२ जना एउटा स्थलमा र प्रत्येक मतदान केन्द्र थप हुँदा थप ५ जनाको हिसावले नेपाल प्रहरी खटाउने तयारी भएको छ। जसअन्तर्गत १ हजार ३६३ जना नेपाल प्रहरी कार्यालयको सुरक्षामा १६० नेपाल प्रहरी सामान्यमा ८ संवेदनशीलमा ९ र अतिसंवेदनशीलमा १२ जना प्रहरी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए। 

सशस्त्र प्रहरी बलबाट ७१० जना, ४८० जना नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट २४ जना खटिने उनले बताए।
उनले भने, ‘बाहिरी घेरामा मोबाइल टोली स्ट्राइकिङ टोली रिजर्भज टोली क्विक रेस्पोन्स टोली र जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कमाण्ड पोस्ट गर्ने गरी विभिन्न लेयरहरू बनाएका छौं। आवश्यक्ता पर्दा रिजर्भ भएका जनशक्ति पुग्न सक्ने र त्यसभन्दा थप आवश्यक पररे हवाइ गस्तीका रूपमा हेलिकोप्टरको समेत प्रयोग गर्ने गरी व्यवस्था भएको छ।’ इलाम २ मा २०७९ को आम निर्वाचन जस्तै ३९ सामान्य २१ संवेदनशील र १९ अतिसंवेदनशील भनेर छुट्याइएको छ। 

मतपेटिका संकलनका लागि ६१ वटा सवारी साधनको प्रयोग गरिने छ। मतदान सम्पन्न भएपछि १० बजेसम्ममा मतगणना स्थलमा सबै पेटिका ल्याइपुर्‍याउने व्यवस्था गरेका छौं।’ त्यसपछि दलसँग बैठक गरेर आचारसंहिता निर्माण गर्ने र मतगणना सुरु गर्ने तयारी गरेको उनले बताए। 

मतदानको दिन जिल्लामा अत्यावश्यक सवारी साधानबाहेक अरु सबै सवारीसाधन बन्द हुने छ। उनले सबै स्थललाई अति संवेदनशीलताको सूचीमा राखेको बताए। उनले भने, ‘आज भारतको दार्जलिङमा निर्वाचनमा हुँदैछ हाम्रोमा भोलि हुन्छ। त्यसकारण पनि सीमासँग जोडिएको विषय छ संवेदनशील छ।’

देशभरिमा एउटा मात्र संघीय उपनिर्वाचन भएकाले अर्को जिल्लाबट पनि कार्यकता शुभेच्छुक वा जनता आउन, घुसपेठ हुन सक्ने भएकाले अतिसंवेदनशील भनिएको उनले बताए। अन्तर्राष्ट्रिय सीमा भोलि राति १२ बजेबाट मात्र खुला हुनेगरी बन्द गरिएको छ। इलामका सीमा बिहान ६ बजेबाट बेलुका ६ बजेसम्मका लागि बन्द गरेको उनले बताए।  

मुख्य निर्वाचन अधिकृत केशवप्रासद घिमिरेले मतपत्र तथा आवश्यक सामग्रीसहित कर्मचारी र मतदान अधिकृतहरू मतदात स्थल पुगेर आवश्यक तयारी पूरा गरेका बताए।  

निर्वाचन गराउन आयोगले तीन महिला मतदान अधिकृत तोकिएका छन्। मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार इलाम मरब क्याम्पस, सप्तमाइ गुरुकुल र इलाम विद्या मन्दिरमा महिला अधिकृत तोकिएका हुन्। मरब क्याम्पसमा मतदात स्थलमा सम्पूर्ण तयारी पूरा भएको मिना आचार्यले बताइन्। उनी बाहेक सप्तमाइ गुरुकुलमा तारा श्रेष्ठ र इलाम विद्या मन्दिरमा हिमज्योति घिमिरे तोकिएका छन्। 

मतदान अधिकृतहरूले दुर्गम क्षेत्रमा ढुवानी र व्यवस्थापनमा छुट्याएको बजेटले आधा पनि नपुगेको गुनासो गरेका छन्। बजार क्षेत्रमा समेत खान बस्नका लागि बढेको खर्चको कारण व्यवस्थापनमा समस्या भएको उनीहरूको भनाइ छ। 

अव्यहारिक खर्च वितरणको कारणले दुर्गम क्षेत्रका मतदान स्थलमा व्यवस्थापनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतले आफ्नै गोजीको खर्च गर्ने अवस्था रहेको चुलाचुली गाउँपालिका-६ को मिक्लाचोङ्ग माविमा रहेको मतदान केन्द्रका मतदान अधिकृत मातृकाप्रसाद दाहालले बताए। उनले भने ‘ढुवानीका लागि मतदान अधिकृतले पाउने नौ हजार रुपयाँ हो, हामी यहाँ आईपुग्दा १६ हजार त ढुवानीमा खर्च भयो।’

व्यवस्थापन खर्च भनेर ५ हजार रूपैयाँ छुट्याइएको त्यस केन्द्रमा दुई सय मिटरबाट विद्युत ल्याउनमात्रै ६ हजार खर्च भएको उनले सुनाए। उनले भने ‘सडक, विद्युत र अन्य भौतिक पूर्वाधार भएको मतदान केन्द्र र दुर्गम गाउँको मतदान स्थललाई समान खर्च व्यवस्थाले व्यवस्थापनमा कठिनाइ आएको छ। 

सो क्षेत्रमा पुग्न मात्रै इलामबाट झापाको विर्तामोड, दमक, मोरङको मिक्लाजुङ हुँदै मतदानका सामग्री पुर्‍याइएको थियो। अभावका बीचमा पनि नमुना रुपमा मतदान सम्पन्न गर्ने तयारीमा जुटेको सहायक मतदान अधिकृत गोविन्द प्रसाद ढकालले बताए। उनले भने ‘राजनीतिक दल र स्थानीयको सहयोग भने यहाँ उत्साहजनक छ।’ 

२०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन्। यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.