नेपालको भूमि राखेर भारतले उचित व्यवहार गरेन, प्रधानमन्त्रीले नक्सा हटाउन भन्नुपर्छ : ओली

नेपालको भूमि राखेर भारतले उचित व्यवहार गरेन, प्रधानमन्त्रीले नक्सा हटाउन भन्नुपर्छ : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको नक्साप्रति आपत्ति जनाएका छन्। उनले नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेको भन्दै आपत्ति जनाएका हुन्। 

उनले भारतजस्तो नमूना लोकतन्त्र भएको मुलुकले गरेको व्यवहारलाई उचित मान्न नसकिने बताए। 'लुम्बिनी, कपिलवस्तु भारतको नक्सामा पारेर, संसद भवनमा काठमा कुँदेर राख्यो भनेर सुनेका छौं। नेपालको भूमि आफ्नो नक्सामा राखेर संसदजस्तो ठाउँमा भारतजस्तो पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको मुलुकले यस्तो व्यवहार गर्‍यो भनेर उचित भन्न सकिँदैन,' उनले भने।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका बेला यो कुरा उठाउन माग गरे। 'प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग भन्न सक्नुपर्छ। कुरा गर्नुपर्छ। त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमण किन जाने?,' उनले प्रश्न गरे।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.