प्रधानमन्त्री प्रचण्डलाई सांसदको प्रश्न : भारत भ्रमणमा ऊर्जा व्यापार सम्झौता गर्ने तयारी हो ?

प्रधानमन्त्री प्रचण्डलाई सांसदको प्रश्न : भारत भ्रमणमा ऊर्जा व्यापार सम्झौता गर्ने तयारी हो ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पूर्व मन्त्री एवम् एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणमा सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्ने भित्रि तयारी रहेको आशंका व्यक्त गरेका छन्। सोमबार बिहान बास्कोटाले संसद र तालुकदार मन्त्रालयलाई गुमराहमा राखेर ऊर्जा व्यापार सम्झौता सुटुक्क किन गर्न लागिएको भन्दै प्रश्नसमेत गरेका हुन्। 

नेकपा एमालेका पोलिटब्युरो सदस्य बास्कोटाले भारत भ्रमणको क्रममा गरिने सम्झौताबारे संसदलाई जानकारी गराउन माग गरे। ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ। विडम्बना, तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर। ’ पूर्व सञ्चारमन्त्री बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘सचिव जर्मन, सहचिव बंगलादेश छन् भन्ने सुनियो। संसद चालु छ, सरकारले त्यसबारे संसदमै जानकारी र छलफल गराए हुने हो नि प्रावधान के छन् भनेर। सुटुक्क किन ?’

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमणमा जान लागेका हुन्। शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण कार्यतालिकामा प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलले हैदरावाद हाउसमा वार्ता गर्ने उल्लेख छ। उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

परराष्ट्र मन्त्रालयले जेठ १५ गते संघीय संसद्मा बजेट पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत जानेगरी तयारी थालेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.