परम्परागत शैक्षिक प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्छः मन्त्री लामा

परम्परागत शैक्षिक प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्छः मन्त्री लामा
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले परम्परागत शैक्षिक प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्।

हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले जिल्लाका सामुदायिक क्याम्पसहरूको समग्र विकासको सन्दर्भमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

मन्त्री लामाले सामुदायिक क्याम्पसहरूको उचित माग आगामी बजेटबाट सम्बोधन हुने विश्वास दिलाए। क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धि गर्न प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम तय गरी त्यसलाई प्रभावकारी कार्यान्वयन गरिने उनको भनाइ छ। 

परम्परागत शैक्षिक प्रणालीलाई परिमार्जन गरी अब प्रविधिमैत्री शिक्षातर्फ जोड दिनुपर्ने मन्त्री लामाले बताए। उनले प्रदेशमा पर्याप्त कानुन निर्माण नभएकाले संघीय सरकारमाथि निर्भर हुनुपरेको भन्दै शिक्षा क्षेत्रको पर्याप्त कानुन निर्माणमा प्रदेश सरकार लागिरहेको उल्लेख गरे। 

शिक्षा निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले सामुदायिक क्याम्पसलाई सरकारले सहयोग गरिरहेको उल्लेख गरे। अहिलेको अवस्थामा सामुदायिक क्याम्पसको समग्र विकासमा उत्साहजनक सुधार नभएको स्वीकार गर्दै उनले आगामी दिनमा आफूहरू थप जिम्मेवार हुने बताए। 

जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले शिक्षा क्षेत्र सरकारको प्रमुख दायित्वको रुपमा हुनुपर्ने बताए। उनीहरूले नतिजा कमजोर आए सरकारका प्रमुखहरूले जवाफदेही बन्नुपर्ने जिकिर गरे। 

क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले ‘सामुदायिक क्याम्पसको वर्तमान अवस्थामा प्रदेश सरकारको भूमिका’ शीर्षकमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए।

कार्यपत्रमा बागमती प्रदेशका सामुदायिक क्याम्पसको आर्थिक अवस्था, विद्यार्थीहरूको विदेशिने क्रम, सरकारले गरेको व्यवस्था लाई जोड दिइएको छ। त्यस्तै प्रदेशका सामुदायिक क्याम्पसमध्ये थोरैको आर्थिक अवस्था सबल र तापनि अधिकांश क्याम्पसहरू निरन्तर नाजुक बन्दै गइरहेको उल्लेख छ। 

क्याम्पस प्रमुख मानन्धरले युवा शक्तिहरू निराश हुँदै विदेशिने क्रम बढेकाले क्याम्पसमा विद्यार्थी घट्दै गइरहेको उल्लेख गरेका छन्। 

उनले क्याम्पस सञ्चालक समितिको बनावट राजनीतिक प्रकृतिको, शिक्षक, कर्मचारी र विद्यार्थीको राजनीतिक गतिविधि केन्द्रित हुनाले सामुदायिक क्याम्पस प्राज्ञिक भन्दा पनि राजनीतिक अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। 

अन्तरक्रियामा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्याय, शैक्षिक विकासको क्षेत्रमा काम गर्दै आएका डा. राजु क्षेत्री, हेटौंडा क्याम्पसमा अध्ययनरत् युवराज विकलगायतले सामुदायिक क्याम्पसमा देखिएका विकृतिबारे चर्चा गर्दै अब सरकारले क्याम्पस सुधारका लागि अभिभावकत्व ग्रहण गर्नुपर्ने धारणा राखे। 

उनीहरूले उच्च शिक्षा र रोजगारीको खोजीमा युवाहरू विदेशिने क्रम बढेको भन्दै राज्य पक्ष अब त्यसतर्फ चिन्तित हुनुपर्ने बेला भएको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.