सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १० जनाको आवेदन स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १० जनाको आवेदन स्वीकृत
फाइल तस्बिर।

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा.डा. अक्कलदेव मिश्र,प्रा.डा.तारादत्त भट्ट, प्रा.डा. धुव्र कुमार गौतम र प्रा.डा पदम राज जोशीको आवेदन स्वीकृत भएको छ। त्यसैगरि प्रा.डा.पूर्णबहादुर चन्द, प्रा.डा.भवानी दत्त जोशी, प्रा.यज्ञराज पाठक, राजेशकुमार ठगुराठी र प्रा.डा हेमराज पन्तको दरखास्त स्वीकृत भएको छ।

स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ। तत्कालीन उपकुलपति प्रा डा अम्मराज जोशीको कार्यकाल गत फागुन १८ गते सकिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.