इरानमा कपाल नढाकेको आरोपमा २ महिला पक्राउ, टाउकामा दही छ्यापी दुर्व्यवहार

इरानमा कपाल नढाकेको आरोपमा २ महिला पक्राउ, टाउकामा दही छ्यापी दुर्व्यवहार
इरानी महिलाको समर्थनमा लन्डनमा भएको प्रदर्शन। बीबीसी
सुन्नुहोस्

यस घटनासँग सम्बन्धित भाइरल भिडियोमा एक पुरुष दुई महिला ग्राहकसँग कुरा गर्न आउँछन् । केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा छ्याप्छन्।

बाग्दात : इरानमा दुई महिलामाथि दही छ्यापिएको र उनीहरुलाई पक्राउ गरिएको छ। महिलाहरुले कपाल नढाकेका कारण उनीहरु पक्राउ परेको अनुमान गरिएको छ ।

यस घटनासँग सम्बन्धित भाइरल भिडियोमा एक पुरुष दुई महिला ग्राहकसँग कुरा गर्न आउँछन् । केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा छ्याप्छन्। 

इरानको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल नछोपेको आरोपमा हिरासतमा लिइएको बताएको छ। टाउको वा कपाल नढाक्नु इरानमा गैरकानूनी मानिन्छ।

त्यसैगरी सार्वजनिक स्थानमा हंगामा गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् । उक्त गिरफ्तारी इरानमा हिजाब विरुद्ध महिनौंदेखि भएको प्रदर्शनपछि भएको हो।

इरानको न्यायपालिकाले यस मामिलामा पसलका मालिकलाई पनि कानूनको पालना सुनिश्चित गर्न नोटिस जारी गरिएको जनाएको छ। इरानमा महिलाले हिजाब नलगाई बाहिर निस्कनु गैरकानुनी मानिन्छ । तर, कतिपय ठूला सहरहरूमा यो नियमबाबजुद पनि महिलाहरू हिजाब नलगाई घुमिरहेको देख्न सकिन्छ।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठूलो प्रदर्शन भएको थियो। म्हसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको छ ।

हालसम्म हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् र डिसेम्बरमा चार प्रदर्शनकारीलाई फाँसी दिइएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.