मेयर कप: उपाधि जित्न एपीएफले कोशीलाई दियो १५५ रनको लक्ष्य

मेयर कप: उपाधि जित्न एपीएफले कोशीलाई दियो १५५ रनको लक्ष्य
सुन्नुहोस्

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गर्यो।

काठमाडौं: सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले ललितपुर मेयर कपको फाइनलमा कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गर्यो।

null

एपीएफका लागि सिता र इन्दुले एक सय ३६ रनको साभेदारी गर्दै उत्कृष्ट ब्याटिङ गरे। सिताले ६८ बलमा ९ चौका र दुई छक्कासहित अविजित ७९ रनको इनिङ खेलिन्। यस्तै, इन्दुले ४१ बलमा पाँच चौका र एक छक्कासहित ५१ रनको अर्धशकीय इनिङ खेलिन्।

दुवै ब्याटर अविजित रहँदा त्यसअघि विकेटकिपर–ब्याटर ज्योति पाण्डे दुई रन जोडेर आउट भएकी थिइन्।

कोशीकी अलिशा खडियाले एक विकेट लिनुबाहेक अन्य बलर विकेटविहीन रहे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.