सुस्तायो सेयर बजार, कारोबार रकम करोडमा झर्‍यो

सुस्तायो सेयर बजार, कारोबार रकम करोडमा झर्‍यो

काठमाडौं : सेयर बजार सामान्य अंकले बढेपनि कारोबार रकम भने ओरालो लागेको छ। यसदिन ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्रै सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ४४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक  १२.४१ अंकले बढेर १९१८.४१ विन्दुमा अडिएको थियो।

यसदिन नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ विन्‍दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.६२ अंकले बढेर ३६१.१४ विन्दुमा पुगेको छ। २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर ८१  करोड ६२ लाख १९ हजार १२९ रुपैयाँमा खरिदबिक्री भयो।

आज दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सुपर माइ हाइड्रोपावरको १० प्रतिशत र कालिञ्चोक दर्शनको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको ३ करोड ५६ लाख ९५ हजार ८६६ रूपैयाँको सेयर कारोबार भयो।

यस्तै सानिमा माइ हाइड्रोपावरको ३ करोड ३२ लाख र शिवम् सिमेन्टको २ करोड ५२ लाख बराबरको कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ५ को मूल्य बढ्दा ८ को घट्यो। होटल्स एन्ड टुरिजम,इन्भेस्टमेन्ट,माइक्रोफाइनान्स,नन लाइफ इन्स्योरेन्स र अदर्श उपसमूहको सूचक बढ्दा बाँकीको सूचक नकारात्मक देखियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.