लिम्बुको परिवारलाई ३ लाख राहत दिने कोशी प्रदेशको निर्णय

लिम्बुको परिवारलाई ३ लाख राहत दिने कोशी प्रदेशको निर्णय
सुन्नुहोस्

विराटनगर : विराटनगरमा गत चैत्र ५ गते भएको प्रदर्शनमा घाइते भई ज्यान गुमाएका पदम बहादुर लिम्बु (लाजेहाङ) को परिवारलाई सरकारले क्षतिपूर्ति दिने भएको छ।

प्रदेश नामकरण संशोधनको माग गर्दै भएको प्रदर्शनमा घाइते भई ज्यान गुमाएका लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले राहत स्वरुप ३ लाख रुपैयाँ दिने भएको हो। 

प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मृतकको परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

कोशी नाम खारेजीको माग गर्दै भएको आन्दोलनमा चैत्र ५ गते घाइते भएका लाजेहाङको १० गते मृत्यु भएको थियो। मृतक लाजेहाङको घटनाको छानबिनका लागि सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ।

यसबाहेक मन्त्रिपरिषद बैठकले झापाको कलबल्गुडीस्थित प्रदेश प्रशिक्षण प्रतिष्ठानको रिक्त रहेको निर्देशक पदको जिम्मेवारी प्रदेश सचिव कृष्ण सापकोटा दिने निर्णय गरेको छ। 

बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा पेश गरिएको दुईवटा संशोधन विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। 

प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव समेत पारित गरेको छ। 

सरकारले भने प्रदेश नामकरणका विषयमा भुमिका खेल्ने प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय र सभामा उपस्थित सम्पूर्ण राजनीतिक दलहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रदेशवासीलाई बधाई समेत दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.