गुल्मी पुगेर ओलीले भने - निर्वाचनमा प्रदीपजीले हार्नु जनताबाट भएको भुलचुक

गुल्मी पुगेर ओलीले भने - निर्वाचनमा प्रदीपजीले हार्नु जनताबाट भएको भुलचुक
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदीपकुमार ज्ञवाली हार्नुको मुख्य कारण जनताबाट भुलचुक भएको बताएका छन्। गुल्मी क्षेत्र नम्बर १ मा ज्ञवालीलाई हराउँदै कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका थिए। एमाले नेता ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले हराउँदै भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

नेकपा एमालेले सञ्चाचालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत सोमबार गुल्मीको तम्घासमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले परराष्ट्रमन्त्री भइसक्नुभएका ज्ञवालीको छवि देशमा मात्रै नभएर विदेशमा पनि स्वच्छ भएको बताए।

‘चुनावका बेला कतिपय कमजोरी भए होलान । धेरै मत पाएर पनि झिनो मतले उहाँले चुनाव हार्नुभयो’,ओलीले भने,‘मिसन ग्रासरुटमा घरघर पुगेर यस विषयमा पनि समीक्षा गर्नुस् ।’ 

उनले गम्भिरताका साथ सबैले खुलस्त छलफल गरेर भएका कमीकमजोरीलाई सच्चाउन कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले पार्टी थप मजबुत र जनताको प्रिय बन्ने विश्वास समेत व्यक्त गरे । 

विरोधीहरूले एमालेविरुद्ध फैलाएको अपवाहलाई गाउँगाउँ पुगेर चिर्न ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। लुम्बिनी प्रदेशको भ्रमणमा निस्केका ओली आइतबार अर्घाखाँचीमा कार्यक्रम सकेर गुल्मी आएका हुन् ।

ओली पाल्पा,रुपन्देहीलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.