राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने
काठमाडौं : राहदानी विभागले मंगलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ।
सरकारले घोडेजात्राका अवसरमा मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ।
विभागका सूचना अधिकारी खिमानन्द भुसालले मंगलबार बिहान १० देखि दिउँसो साढे २:३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए। उनले भने, 'मंगलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २:३० बजेसम्म हाम्रो सेवा दिनेछौँ।'
यसैगरी, विभागले मंगलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया दिनुहोस !