मिटरब्याज पीडितहरू काठमाडौंसम्म पैदल मार्च पास गर्दै
काठमाडौं : आफ्ना मागको सुनुवाई नभएको भन्दै मिटरब्याज पीडितहरूले न्याय माग्दै जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन्। बिहीबार जनकपुरमा फर्जी तमसुल लेखिएको पर्चा जलाउँदै मिटरव्याजबिरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाईमा मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका हुन्।
सरकारले आफुहरुसंग पटक पटक सहमति गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले न्याय माग्दै पैदलै काठमाडौं आउन लागेको जनाएका छन्। सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको गुनासो छ।
उनीहरुले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानुन बनाउनुपर्ने, पीडितको चल-अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्।
प्रतिक्रिया दिनुहोस !