पुन: पढ्न थाले किशोरी

पुन: पढ्न थाले किशोरी
सुन्नुहोस्

रौतहट: कटहरिया नगरपालिकाकी मन्जुकुमारी ठाकुर १५ वर्षकी भइन। उनी कक्षा ४ मा पढ्छिन्। उमेर अनुसार उनको पढाइ अहिले कक्षा ८/९ मा हुनुपर्ने हो।

बीचमा पढाइ छाडेकी उनी अहिले विद्यालय जान्छिन्। तीन वर्ष पहिले बुवाको मृत्यू भएपछि उनी विद्यालय जान पाएकी थिइनन्। अहिले आमाले घरमै सानो व्यवसाय सञ्चालन गर्न थालेपछि आम्दानी बढेसँगै उनको विद्यालय जाने बाटो खुल्यो।

इस्लामिक रिलिफ नेपाल र ग्रामिण विकास केन्द्रले सन्चालन गरेको बाल संरक्षण परियोजनाले सहयोग गरेपछि आमाले व्यवसाय गर्न सकेको र छोरी विद्यालय जान पाएकी हुन्। यो परियोजनाले अनाथ बालबालिकाको शैक्षिक विकासमा पनि सहयोग गर्दै आएको छ। 

आफूसँगैका साथी ठूलो कक्षामा हुँदा आफूलाई सानो कक्षामा हुँदा केही लाज लागेपछि पढाइ पूरा गर्ने उनले बताइन्। 

यस्तै गुजारा नगरपालिका- ७ की अरुणा चौधरी पनि स्थानीय कुन्ती आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्छिन्। उनका पनि बुवा छैनन्। आमाको एक्लो कमाइले परिवार धान्न नसकेपछि पढाइ छाडेकी उनी अहिले फेरि विद्यालय जान थालेकि हुन्। 

उनले भनिन्, 'आमाले सञ्चालन गरेको सानो खाजा पसलले परिवारको धेरै जसो आवश्यकता पूरा गरेको छ। मेरो पढाइमा पनि सहयोग भएको छ।'

१५ वर्षीय अनिशाकुमारी माझी मुसहरका आमाबुवा छैनन्। काकाकाकीसँग बस्दै आएकी उनी पनि अहिले कक्षा ४ मा पढ्‍न थालेकी छन्। 

बाल संरक्षण परियोजना अन्तगत  गुजारा र कटहरिया नगरपालिकामा एक सयभन्दा बढी अनाथ, बिपन्न बालबालिका पढ्न थालेको ग्रामिण विकास केन्द्रको बाल संरक्षण परियोजनाका मनोसमाजिक विमर्शकर्ता सञ्जु खडकाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.