इरानको आवासीय भवनमा विस्फोट : ७ जनाको मृत्यु, ५ घाइते
विस्फोटबाट नजिकैका अन्य सयवटा भवनमा क्षति पुगेको र झ्यालका सिसा फुटेको उनले बताए।
तेहरान : उत्तरपश्चिम इरानको ताब्रिज शहरमा आइतबार तीनवटा आवासीय भवनहरू भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।
अर्ध सरकारी फार्स समाचार एजेन्सी लेजनाए अनुसार बिहान ३ बजे दुई तले भवनमा भएको विस्फोटले सो भवन नजिकैका अन्य दुई भवन पूर्णरुपमा ध्वस्त पारेको पूर्वी अजरबैजान प्रान्तको क्राइसिस म्यानेजमेन्ट अर्गनाइजेसनका महानिर्देशक मोहम्मद-बाकर होनारबारले बताएका छन्।
विस्फोटबाट नजिकैका अन्य सयवटा भवनमा क्षति पुगेको र झ्यालका सिसा फुटेको उनले बताए। अधिकारीहरूले अझै पनि विस्फोटको कारणको अनुसन्धान गरिरहेका छन्।
यसैबीच सरकारी समाचार एजेन्सी इरनाले उद्धार कार्य जारी रहेकाले भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै निकालिएको जनाएको छ ।-सिन्ह्वा