गण्डकीमा दुई अध्यादेश पारित

गण्डकीमा दुई अध्यादेश पारित

पोखरा : नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले ल्याएका २ वटा अध्यादेश एमाले नेतृत्वको सरकारले सदनबाट पारित गराएको छ । गण्डकी प्रदेश सभाले बिहीबार गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सभाले सर्वसम्मत पारित गरेको हो ।

संघीय निजामती ऐन नआउँदा प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापन कठिन भएको थियो । त्यही खाँचो पूरा गर्दै कृष्णचन्द्र नेपाली सरकारले कार्यकालको उत्तराद्र्धमा अध्यादेश ल्याएको थियो । एमाले नेता खगराज अधिकारी नेतृत्व सरकार दुवै अध्यादेश सदनमार्फत पारित गराएको हो । 

गण्डकी प्रदेश सभामा उपस्थित सत्ता र प्रतिपक्ष सांसदको स्वीकृतिमा अध्यादेश पारित भएका हुन् । सभामुख कृष्णप्रसाद धितालले ती विधेयक स्वीकृतिका लागि निर्णायार्थ ध्वनिमतको प्रक्रिया अपनाएका थिए । 

नयाँ निर्वाचनपछि गठिगत गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो दिन पुस १८ गते तत्कालीन कानुन मन्त्रीसमेत रहेका कांग्रेस सांस्द विन्दु थापाले उक्त अध्यादेश टेबुल गरेका थिए । बिहीबारको सभामा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाथापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै प्रस्ताव पेस गरेका थिए । 

कर्मचारीसम्बन्धमा प्रदेश कानुन बने वृत्ति विकास र हकहितको बाटो खुला भएको निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसालले प्रतिक्रिया दिए । ‘जनशक्ति व्यवस्थापन गर्न, कर्मचारीको सरुवा र बढुवा गर्न बाटो खुला भएको छ,’ उनले भने । अब प्रदेशका कर्मचारीको सरुवा बढुवा प्रदेश सरकारले नै गर्नेछ । सरकारले प्रदेश र स्थानीय कर्मचारीलाई विवाह विदा दिने व्यवस्था पनि गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.