प्रहरीको हात भाँचिदिने व्यवसायी चार हजार जरिवाना तिरेर छुटे

प्रहरीको हात भाँचिदिने व्यवसायी चार हजार जरिवाना तिरेर छुटे

कास्की : मापसे गरेर प्रहरी कुट्ने व्यवसायी चार हजार धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको इजलासबाट अटो व्यवसायी २५ वर्षीय सौरभ थापा सोमबार छुटेका हुन्।

मापसे परीक्षण गर्दा थापाले प्रहरीलाई अभद्र व्यवहार गर्नुको साथै हातसमेत भाँचिदिएको कास्कीका प्रवक्ता डीउसपी सुवास तिमिल्सिनाले जानकारी दिए। प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ५ दिनअघि थापा पक्राउ परेका थिए। 

नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्। 

पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रहरी र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्रहरी स्रोत बताउँछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.