म्याच फिक्सिङको आरोपमा क्रिकेटरद्वय आदिल अन्सारी र महबुब आलम पक्राउ

म्याच फिक्सिङको आरोपमा क्रिकेटरद्वय आदिल अन्सारी र महबुब आलम पक्राउ

विराटनगर : म्याच फिक्सिङको आरोपमा दुई जना क्रिकेट खेलाडी पक्राउ परेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्यसमेत रहेका महबुब आलम र राष्ट्रिय टिममा रहेका आदिल अनुसारी पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई पक्राउ गरेको हो।

आलामलाई बिराटनगरबाट नियन्त्रणमा लिइएको हो भने अन्तर कलेज क्रिकेट प्रतियोगिता खेलिरहेका आदिललाई राजविराजबाट नियन्त्रणमा लिइएको हो।

नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा उनीहरूको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका आलमलाई अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

आदिलले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए। उनले जनकपुर रोयल्सबाट नेपाल टी-२० लिग खेलेका थिए। उनीहरूमाथि पहिले नै निर्धारण गरिएको गतिविधिका आधारमा खेलको नतिजा हेरफेर गर्नेगरी निश्चित खेलाडीसँग आर्थिक लेनदेन (स्पट फिक्सिङ) गरेको आरोप छ। 

नेपाल क्रिकेट संघको रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजनामा स्पट फिक्सिङ गरेको आरोपमा दुवै खेलाडीलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता कमल थापाले बताए। उनले आलममार्फत् नै अहुवालियाले अन्य खेलाडीहरूसँग सम्पर्क गरेको देखिएको जानकारी दिए।

नेपाल टी-२० लिग भने त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.