गण्डकी प्रदेशमा अब ७ वटा मात्रै मन्त्रालय

गण्डकी प्रदेशमा अब ७ वटा मात्रै मन्त्रालय

पोखरा :गण्डकी प्रदेशमा ७ वटा मात्रै मन्त्रालय बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । अहिले प्रदेशमा १२ मन्त्रालय छन् । आर्थिक भार कटौती गर्ने गरी मन्त्रालय घटाउन सत्ता साझेदार दलहरु एमाले,माओवादी र राप्रपा सहमत भएका हुन् ।

 
मुख्यमन्त्री खगराज अधिकारीको सरकारी निवासमा आइतबार साँझ र सोमबार बिहान सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले ७ मन्त्रालय बनाउने निर्णय गरेको एक सहभागीले जनाए ।
 
यसअघिको सरकारमा १२ मन्त्रालय थिए । संविधानले प्रदेश सभाको संख्याका २० प्रतिशत संख्यामा मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । त्यस अनुसार ६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, नवगठित सरकारले खर्च कटौती गर्दै जनतामा सकारात्मक सन्देश दिने गरी ७ मन्त्रालयमात्रै बनाउने योजना बनाएको थियो ।
 
पुस २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ विना विभागीय मन्त्री नियुक्त भएका थिए । मन्त्रालय संख्या टुंगो लागेको हुँदा मुख्यमन्त्री अधिकारीले अब मन्त्रिपरिषदलाई पूर्णता दिने स्रोतले जनाएको छ । 
 
गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । तर कार्यकालको अन्त्यमा आएर उनले मन्त्री संख्या ८ पुर्‍याए । उनको सरकार ढलेपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वका सरकारमा भने १२ मन्त्री भए ।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.