दाहिने घुम्नुपर्ने जहाज आकाशमै देब्रे कोल्टिएको थियो

यती एयरको जहाज दुर्घटना

दाहिने घुम्नुपर्ने जहाज आकाशमै देब्रे कोल्टिएको थियो

पोखरा :साढे ११ बजे अवतरण गर्नुपर्ने यती एयरलाइन्सको जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको माथिको आकाश पार गरिसकेको थियो । जहाज पुरानो पोखरा विमानस्थलपोर्ट माथिको आकाश पुग्नै लागेको थियो,भुइँ झर्‍यो र दुर्घटनाग्रस्त भयो ।  

काठमाडौंबाट पोखरा आउने जहाज नयाँ विमानस्थलमा अवतरण गर्नुअघि पुरानो विमानस्थलको आकाश पुगेर फन्को मार्छन् । आइतबार यती एयरलाइन्सको नाइन एन-एएनसी जहाज त्यसै गर्ने गरी पुरानो एयरपोर्टतिर जाँदै थियो । ‘टावरसँग कन्ट्याक्ट गरेरै उता गएको हो,’नयाँ एयरपोर्टका एक कर्मचारीले अन्नपूणर्सँग भने । 

तर,पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खस्यो ।

 
जहाज दायाँ घुमेर फेरि नयाँ एयरपोर्टमा अवतरण पुग्नुपर्नेमा सेती नदी पार गर्नअुघि नै बायाँ कोल्टिएर खसेको प्रत्यक्षदर्शी बताउँछन् । जहाज खस्नुअघि नै आकाशमै कोल्टिएको दुर्घटनास्थल वरिपरिको घरका बासिन्दा बताउँछन् । ‘धन्न जहाज सेतीमा खस्यो, हाम्रा घरतिर ठोक्किएन,’तिनले भने,‘घरहरुतिर ठोक्किएको भने अझै धेरै क्षति हुनसक्थ्यो ।’

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य हुन् । जसमा ५३ जना नेपाली र 
१५ विदेशी नागरिक थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.