लिटरेचर फेस्टिभलमा सांगीतिक साँझ

लिटरेचर फेस्टिभलमा सांगीतिक साँझ

पोखरा : संगीतकार गोपाल योञ्जनको स्मृतिको २५ औं वर्षगाँठको छेको पारेर फेवाताल किनारमा बिहीबार उनका गीत गुञ्जिए। गोपालकी जीवन साथी रिन्छिनले कवि विप्लव प्रतीकसँग स्मरण पनि साटिन्। 

नेपाल लिटरेचर फेस्टिभलको दसौं संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु हुँदा गोपाल योञ्जन सम्झनामा आएका हुन्। 

फेस्टिभलको पूर्वसन्ध्यामा बुधबार पनि सांगीतिक साँझ भएको थियो। कवि नवराज पराजुलीले कविता सुनाए भने उज्ज्वल सागरले गीत गाए। फेस्टिभलको औपचारिक उद्घाटन भने बिहीबार भयो। 

उद्घाटनपछि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पोखराले पाउनु गर्वको कुरा भएको बताए। उनले भने, ‘यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै पोखरेलीहरूले यसलाई सम्बोधन गर्नुपर्छ।’

मेयर आचार्यले यसअघिका फेस्टिभलमा प्रदीप गिरिहरूजस्ता वक्ताहरूले दिएको भाषण र संवादलाई पनि सम्झिएका थिए। 

लिटरेचर फेस्टिभलमै प्रदीप गिरिबाट महाभारतको कथा सुनेपछि ४२ दिन लगाएर ४ ठेली पुस्तकको  महाभारतको कथा पढेको पनि मेयर आचार्यले सुनाए। 

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्रतिष्ठान कार्यक्रमसँग सधैँ हातेमालो गर्ने प्रतिबद्धता जनाए। 

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्यूत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत्प्रवचन दिए। 

उनले नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक-सामाजिक नेतृत्वले लिनुपर्ने बाटाबारे चर्चा गरे। 

‘सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ। जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको संख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्,’ उनले भने। 

लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले एक दशक लामो यात्रा तय गर्न फेस्टिभललाई सघाउनेहरुलाई धन्यवाद दिए। 

फेस्टिभलको पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ‘घरबाट स्कुलसम्म’ शीर्षकमा फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे। 

बुकवर्म फाउन्डेसनले आयोजना गरेको फेस्टिभल ११ गतेसम्म चल्दैछ। शुक्रबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले अन्तरंग कुराकानी गर्ने लगायत कार्यक्रम छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.