प्रदेश १ मा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च स्थापना हुने

प्रदेश १ मा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च स्थापना हुने

विराटनगर: नेपालमै पहिलोपटक प्रदेश १ मा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च स्थापना हुने भएको छ । 

काठमाडौंको केन्द्रीय समितिपछि प्रदेश १ मा पहिलोपटक परिसंघको पहिलो अध्यायको रुपमा युवा उद्यमी मञ्च स्थापना हुने भएको हो । 

आईतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै परिसंघले कार्यक्रमबारे जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार सोमबार विराटनगरस्थित होटल ह्यारिसन प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै युवा उद्यमी मञ्चको ७ सदस्यीय बोर्ड गठनको तयारी रहेको जनाईएको छ । 

उद्यमशीलता सिर्जना र युवा उद्यमीहरुलाई संगठित गर्ने उद्देश्यका साथ प्रदेश १ मा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च स्थापना गर्न लागिएको बताईएको छ । मञ्चले नवीन सोच र आईडिया भएका युवाहरुको उद्यमशीलता प्रर्वद्धनमा आवश्यक सहयोग गर्ने कार्यक्रमका सहसंयोजक अनमोल प्रधानले बताए ।

प्रदेश १ मा पहिलोपटक स्थापना हुन लागेको मञ्चले युवाहरुको उद्यममा आवश्यक लगानी र त्यसलाई बजारसँग जोड्ने विषयमा समेत आवश्यक भूमिका खेल्ने बताईएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.