नेपाल टीट्वेन्टी लिग : टिम निर्माणमा विराटनगर

नेपाल टीट्वेन्टी लिग : टिम निर्माणमा विराटनगर

विराटनगर : नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टीट्वेन्टी लिगका लागि विराटनगर सुपर किङ्स टिम निर्माणमा जुटेको छ। सुपर किङ्स अहिले खेलाडी छनोटसँगै समग्र टिम निर्माणमा लागेको हो। विराटनगर सुपर किङ्सका मालिक भारतका युवा  व्यापारी विक्रम यादव हुन्।

यादवले सुपर किङ्सका लागि  खेलाडी छनोट गर्न लागिपरेको जानकारी दिए। उनले टोलीमा टेस्ट राष्ट्रका खेलाडी भित्र्याउन लागिपरेको बताए। ‘खेलाडी छनोटका लागि चाँडै नै विराटनगरमा ट्यालेन्ट हन्ट आयोजना हुँदैछ’, यादवले भने, ‘ट्यालेन्ट हन्टबाट आएका २-३ जना खेलाडी टोलीमा राखिने छ। ट्यालेन्ट हन्टबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई भारतको हरियाणको  एकेडेमीमा निःशुल्क प्रशिक्षणको व्यवस्था गरिनेछ।’

सुपर किङ्सको जिम्मा लिएसँगै आफू विराटनगरको क्रिकेट विकासमा लागिपरेको यादवले  बताए। ‘सुपर किङ्सको जिम्मा लिएपछि मेरो दायित्व पनि बढेको छ। यहाँको  क्रिकेटको विकास गर्नु नै मेरो मुख्य उद्देश्य हो’ उनले भने, ‘यहाँ आठ वर्ष रहनेछु।  आफूले सक्दो यहाँको क्रिकेट विकासमा लगाउनेछु।’

विराटनगर सुपर किङ्सले  नेपाल क्रिकेट संघ (क्यान) सँग आठ वर्षको सम्झौता गरेको उनले जानकारी दिए। उनले  विराटनगर–१९ मा रहेको बैजनाथपुर क्रिकेट मैदानको अवलोकनसमेत गरेका छन्। प्रतियोगिताका लागि सुपर किङ्सले यही मैदानमा तयारी गर्ने योजना बनाएको छ। क्यानको आयोजनामा आगामी सेप्टेम्बर २४ देखि अक्टोवर २२ तारिखसम्म काठमाडौंमा हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितालाई  विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.