नागढुंगा सुरुङमार्ग निर्माण आजदेखि

नागढुंगा सुरुङमार्ग निर्माण आजदेखि

काठमाडौं : नागढुंगा सुरुङमार्गको सोमबार शिलन्यास हुने भएको छ। मुलुकको पहिलो सडक सुरुङमार्गको शिलन्यास प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

नागढुंगाको चुच्चे पाखामा ३ बजे प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गर्ने छन्। सुरुङमार्ग निर्माणको जिम्मा पाएको हाज्मा–आन्द्रो जेभीले क्याम राख्न जग्गा भाडा लिने र निर्माण गरिने स्थान सम्माउने काम सुरु गरिसकेको छ। विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच असोज ६ गते सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएको थियो।

जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो। आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ। सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ।

धादिङतर्फको मुआब्जा मन्त्रिपरिषद् निर्णयबाट

नागढुंगा सुरुङमार्गको धादिङतर्फको अधिकरण गर्नुपर्ने जग्गाको मुआब्जा मन्त्रिपरिषद्बाट वितरण गरिने भएको छ। सुरुङमार्ग निर्माण गर्न धादिङतर्फ तीन सय ७६ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ। त्यसमध्ये सडक रेखांकन बाहिर परेको ४४ रोपनी जग्गाको मुआब्जा वितरण गरिनेछ।

मुआब्जा वितरण गरिने जग्गामध्ये २३ रोपनी गुठीको नाममा छ। गुठी नियमअनुसार अधिकरणमा परेको जग्गा कमाउनेलाई ३३ प्रतिशत दिने प्रावधान छ। बाँकी ६६ प्रतिशत गुठीलाई नै दिने व्यवस्था छ। ३३ प्रतिशत पाउने स्थानीय विस्थापित हुने भएकाले थप रकमको व्यवस्था गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न खोजिएको नागढुंगा सुरुङमार्गका प्रमुख श्यामप्रसाद खरेलले बताए।

सुरुङमार्ग बनाउन काठमाडौं र धादिङतर्फको ३ सय ७६ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ। काठमाडौंतर्फ २ सय ६७ रोपनी जग्गा पर्छ। काठमाडौंतर्फ ४ अर्ब रुपैयाँभन्दा धेरैको मुआब्जा वितरण भइसकेको छ। लालपूर्जा नभएको र विवाद देखिएको जग्गाको करिब ५० करोड रुपैयाँको मुआब्जा वितरण गर्न बाँकी छ। सुरुङमार्ग निर्माणपूर्व मुआब्जा रकम वितरण गरिसक्ने खरेलको दाबी छ।

४२ महिनामा काम सक्नुपर्ने

सुरुङमार्ग प्रमुख श्यामप्रसाद खरेलका अनुसार असोज ६ गते निर्माण सम्बन्धी ठेक्का सम्झौता भएको हो । सम्झौता पत्रमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापा र जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीका तर्फबाट सुरुङमार्ग आयोजना प्रबन्धकले हस्ताक्षर गरेका थिए । सुरुङमार्ग निर्माण गरेको ४२ महिनामा भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ । 

जापानले यो आयोजनाका लागि करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ। उक्त ऋण सम्झौता २०७३ सालमै भएको थियो। 

नेपालकै पहिलो सुरुङ सडक मार्गको रूपमा बनाउन लागिएको नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि विश्वव्यापी प्रतिस्पर्धा गराइएको थियो। सुरुङमार्ग बनाउने कम्पनी छान्न महाशाखाले २०७५ साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेको थियो। उक्त अवधिमा एउटै पनि प्रस्ताव नपरेको भन्दै महाशाखाले १५ दिनको समय थप गरेको थियो। सुरुङमार्ग निर्माण गर्ने बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.