ठगी गर्न एउटै व्यक्तिका तीन नागरिकता

ठगी गर्न एउटै व्यक्तिका तीन नागरिकता

काठमाडौं : फरक फरक नामबाट तीनवटा नागरिकता बनाएर ठगी गर्दै हिँडेका एक व्यक्तिलाई प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको छ। व्यापारीको परिचय दिँदै राजधानीका विभिन्न स्थानमा लाखौँ ठगीमा संलग्न कैलालीको धनगढी उपमहानगरपालिका–३ फूलबारीका वासुदेव मैनालीलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।

फरक फरक परिचय बनाएर श्रृंखलावद्ध ठगीमा संलग्न मैनालीविरुद्ध ठगिएका व्यापारीको उजुरीपछि प्रहरीले काठमाडौंको टोखास्थित काजी नारायणटार अर्याल गाउँबाट पक्राउ गरेको हो। मैनालीले ठगी गर्न फरक नामका तीनवटा नागरिकतासमेत लिएको खुलेको छ। रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नामबाट लिएको नागरिकता पनि प्रहरी बरामद गरेको छ।

ठगीको श्रृंखला

आफू ठूलो व्यापारी भएको परिचय दिँदै मैनाली गत असोजमा टोखास्थित रामप्रसाद श्रेष्ठको मदिरा पसल पुगे। दसैं–तिहारमा धेरै परिमाणमा मदिरा बाँड्ने बहाना बनाएर उनले करिब १८ लाख ५० हजार रुपैयाँको विभिन्न ब्रान्डका मदिरा किने। त्यसवापत उनले पसल सञ्चालकलाई सिभिल विकास बैंक र गरिमा बिकास बैंक र गरिमा विकास बैंकको चेक दिए। श्रेष्ठ बैंकमा पैसा निकाल्न दुवै बैंकको खातामा पैसा नभएर चेक बाउन्स भएपछि श्रेष्ठले तत्कालै मैनालीलाई फोन गरे तर उनको मोबाइल अफ भइसकेको थियो।

टोखा क्षेत्रबाट हराएका मैनाली ललितपुर गाबहालमा निरञ्जन जोशीले सञ्चालन गरेको टेलिभिजन पसलमा पुगेर उनलाई पनि ठग्न सफल भए। मैनालीले त्यहाँबाट तीन लाख ५० हजार रुपैयाँको टेलिभिजन किनेर चेक दिए। चेक नसाटिएपछि जोशीले आफू ठगिएको थाहा पाए। उनले मैनालीलाई फोन गर्दा मोबाइल अफ थियो।

त्यसपछि मैनालीले टेकुस्थित एउटा इलेक्ट्रोनिक पसलबाट जेनेरेटर खरिद गरे। त्यहाँ पनि चेक दिएर सामान लगे। उनले भक्तपुर र बालाजु क्षेत्रका विभिन्न कोल्ड स्टोरबाट ट्रकका ट्रक अण्डा किने। पैसा नभएको चेक भिडाइदिए।

ठगीका सामान राख्न गोदाम

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार मैनालीले केही महिनामै सातजना व्यापारीबाट ४० लाख भन्दा धेरै ठगेको खुलेको छ। मैनालीले ती व्यापारीबाट व्यापारीको ४० लाख रुपैयाँ बराबरको सामान ठगी गरेको उजुरी परेको थियो।

उनले ठगेका सामान राख्न नारायटारमा गोदाम नै खोलेका भेटिएको छ। गोदाममा फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी ब्रान्डका मदिरासहित १५ लाख बराबरको सामान बरामद भएको प्रवक्ता बोगटीले बताए। मैनालीविरुद्ध कीर्ते र ठगीमा थप अनुसन्धान भइरहेको छ। ‘ठगी गर्नकै लागि मैनालीले बनाएका तीनवटा नागरिकता पनि बरामद भएको छ’, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी वसन्त लामाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.