द्वन्द्वका युवाको कथाव्यथा

द्वन्द्वका युवाको कथाव्यथा

विगतमा देशले एक दशक लामो गृहयुद्ध भोग्यो। युद्धका झिल्काहरूले सबैलाई पोल्यो कुनै न कुनै रूपमा। त्यही द्वन्द्वमय नेपाली समाजको व्यथालाई मूल विषय बनाई लेखन निर्देशन गरेर नाटककार राज शाहले नाटक निर्माण गरेका छन्, ‘जनयुद्ध जारी छ ? ’ जनयुद्ध रोकियो वा सकियो भनि शीर्षकमै प्रश्नवाचक तेस्र्याएर दर्शकलाई सोच्न बाध्य बनाएका छन्।

सामाजिक क्रान्तिको यथार्थ धरातलमा उभिएको यो नाटक युद्धकालीन समयको एउटा प्रतिविम्ब हो। नाटकमा देशको उत्थान, शान्ति, लोकतन्त्र र सुव्यवस्थाका निम्ति क्रान्तिकारीहरू मृत्युको भय त्यागेर युद्धमा होमिएका छन्। उनीहरू झल्याकझुलुक वैचारिक द्वन्द्वमा पनि देखिएका छन्। १० वर्षे जनक्रान्तिलाई मुख्य परिवेश बनाइएको यस नाटकलाई जीवन्त बनाउन नारा, परेड, योद्धा तालिम, गोली चलेको धरपकड र मानिस मरेको सूचनालगायत मञ्च निर्देशनबाट दिइएको छ।

योद्धाका बा-आमालाई उभ्याएर जनजीवनको दयनीय अवस्थाको चित्रण गरिएको छ। योद्धाहरू सुनौलो सपनाको मोहनीमा बन्दुकको बैसाखी उठाएर लम्केका छन्, युद्धको निर्मम र कठिन यात्रामा। योद्धालाई आमाले बाटो छेकेर, बाले तगारो हालेर दर्शकलाई भावुक बनाउँछन्। तर पनि परिवार छाडेका छन्, गाउँघर छाडेका छन्, मार्ने र मर्ने कसम खाएका क्रान्तिकारीले आफैंलाई पढाउने गुरुलाई झुन्ड्याएका छन्।

यसमा मुख्य पात्र क्रान्ति (सुजिता अधिकारी) र ज्वाला (इन्द्रबहादुर चौधरी) छन्। क्रान्ति र ज्वालाको बन्दुकको आवाज र बारुदको धुवाँबीच प्रेमांकुर भएको छ। युद्ध र रगतका बीचमा प्रेम हुन नसक्ने कुरा नायिकाले गरेकी छ भने नायक आदर्शवादी प्रेमको कुरा गर्छ। ऊ पे्रमलाई कुनै नियम, सीमा र युद्धले बाँध्न, छेक्न सक्दैन भनी प्रेमको वकालत गर्छ। दोहोरो भिडन्तमा रगतको खोलो बग्छ। ज्वालाकी पे्रमिका कमान्डर क्रान्तिलाई गोली लाग्दा मर्छे। रगत सुकेकोसम्म हुँदैन, युद्ध स्थगितको घोषणा हुन्छ, वार्ताको मिति तोकिन्छ।

युद्ध निर्देशन गर्ने नेताहरू सत्तामा पुग्छन्। धेरै लडाकुलाई अयोग्य भनी यता न उताको बनाइन्छ। कसका लागि किन र कति क्रान्तिमा होमिएका थिए योद्धाहरू आफैं अलमल र निराश हुन्छन्। योद्धाहरूले अहिलेसम्म युद्ध नसकिएको स्वीकारेका छन् र नाटक सकिन्छ। नाटककार शाहले जनयुद्ध जारी छ ?        भनेर प्रश्न सोधेर तत् समय घटना र पीडितका व्यथाहरूलाई अझ जटिल बनाएका छन्। आफ्नी प्रेमिकाको टाउको बोकेर बैसाखी बिसाएको अग्नि निभेको छ र परिवर्तनको लागि होमिएकी क्रान्ति मरेर नाटक सकिएको छ।

यो नाटकको उद्देश्य नेपाली समाजले भोगेको द्वन्द्वकालीन युवकयुवतीको बलिदान, दु:ख र समर्पणको अवमूल्यनको तिक्तता देखाउनु हो।

यस नाटकको आख्यान तत्व गहकिलो त छ नै, अभिनयले पनि प्राण भरेको छ। परिवेश घटना र रचना विनिर्माणबाट अभिनय पक्ष सबल छ। बाको भूमिकामा पनि इन्द्रको अभिनय बेजोड छ। मुख्य पात्रसँगै सम्पूर्ण पात्रहरूको अभिनय पक्ष उत्तिकै सबल छ। संक्षिप्त र स्वाभाविक संवाद छ। मूलत: यो नाटकको उद्देश्य नेपाली समाजले भोगेको द्वन्द्वकालीन युवकयुवतीको बलिदान, दु:ख र समर्पणको अवमूल्यनको तिक्तता दर्शाउनु नै हो। रगतको खोलामा पौडिएर सत्तामा पुगेका नेताहरूले बिर्सिएको र लत्याइएको रातो रङको कथालाई सजीवता थप्नु र तिनीहरूको पीडा बनेर बोल्नु नाटकको उद्देश्य हो।

नाटककार राज शाहको नाटकप्रतिको समर्पण लोभलाग्दो देखिन्छ। धेरै नाटकमा अभिनय र भर्खरै तीनवटा नाटक लेखन र निर्देशन गरेका युवा नाटककार शाहको लगनशील, समर्पण, मेहनत र परिणाम हेर्दा परिपक्वता देखिन्छ। उनको यस नाटकले अझ विशिष्टता थपेको छ। नाटकमा प्रयोग गरिएका किताब, कुर्सी, मुखुन्डो र मञ्चीय साजसज्जाले उनीभित्रको कल्पनाशीलताको प्रचुरता मापन गर्न सकिन्छ। पात्रका नामदेखि साजसज्जा सबै प्रतीकात्मक र विम्बात्मक रहेको यो नाटक वर्तमानलाई एकपल्ट झक्झक्याउन सफल छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.