![कहिलेकाहीँ तिमी](https://annapurnapost.prixacdn.net/media/albums/women-men_eheJX6TWFq_DkeKhmXd9I.jpg)
तिम्रो दुःख मेरो मनमा परे परे जस्तो लाग्यो,
कहिलेकाहीँ तिमी हामी टाढा हुँदा पनि,
कुन्नि कसको छहरा भेट्यौ, कसको पहरा,
यो मनबाट अन्तै डेरा सरे सरे जस्तो लाग्यो ।
हिजोआज टाढै भाग्छौ, औंसीको जूनजस्तै,
एक्लो ‘सानु’ हिँड्नु पर्दा मरे मरे जस्तो लाग्यो ।
तिम्रो दुःख मेरो मनमा परे परे जस्तो लाग्यो,
हाम्रो मुटु किन सँगै जले जले जस्तो लाग्यो ?
- सानुराजा श्रेष्ठ अञ्जान
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)