खरानीको डल्लोजस्तो यो गठबन्धन होइन, टुट्दैन : ओली

खरानीको डल्लोजस्तो यो गठबन्धन होइन, टुट्दैन : ओली

स्याङ्जा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीहरू आफ्नै सरकार गिराउन पनि पछि नपर्ने बताएका छन्। उनले नेपालका वामपन्थीहरू वामपन्थीजस्ता नभएको आरोप लगाए। 

स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध देशी-विदेशी शक्ति र अदालतसमेत लागिपरेको बताए। उनले राजतन्त्र र पञ्चायती शासन ब्यवस्थाविरुद्धको अभियानका क्रममा उनले २०४२ सालदेखि एक वर्ष स्याङ्जा कारागारमा बिताएको बताए। 

उनले मिसन २०८४ लाई स्मरण गराउँदै अधिवेशनमा गुटगट प्रतिस्पर्धा नगर्न सुझाव दिए। नेताले कार्यकर्ता नभिडाउन र पार्टी एक ढिक्का बनाउन उनको निर्देशन थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा बहुमत ल्याउनेगरी तयारीमा जुट्न कार्यकताईलाई निर्देशन दिए। 

यसअघिको गठबन्धन खरानीको डल्लो भएकाले त्यसलाई पराजित गरेको बताउँदै उनले अहिलेको सत्तासमीकरण बलियो रहेकाले नटुट्ने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.